सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
आज देशका केही भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ । यसक्रममा चट्याङसमेत पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्छ ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । शनिबार भने पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।
११ चैत २०७८, शुक्रवार ०८:०४ बजे प्रकाशित































