विश्वकप छनाेटमा ब्राजिलकाे सानदार जित
विश्वकप छनोट खेलमा ब्राजिलले चिलिमाथि सानदार जित हात पारेको छ । यसै वर्ष कतारमा हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले चिलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो । रियो दि जेनेरियोमा आज बिहान भएको दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिललाई जिताउन नेयमार, भिनिसियस जुनियर, फिलिप्पे कौटिन्हो र रिचालिर्सनले एक/एक गोल गरे ।
लको ४४औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गरे पनि ७२औँ मिनेटमा कौटिन्होले पाएको पेनाल्टी चुकाएनन् । खेलको इन्ज्युरी समयमा रिचार्लिसनले गोल गरेपछि ४-० को नतिजामा खेल सकियो ।
यो जितसँगै शीर्ष स्थानको ब्राजिलले अपराजित यात्रा कायम राख्यो । १६ खेलमा ४२ अङ्क जोडेको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । चिली १९ अङ्कका साथ सातौँ स्थानमा छ ।
११ चैत २०७८, शुक्रवार ०८:०९ बजे प्रकाशित































