punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमान खानले ४ करोड ८० लाख पारिश्रमिक लिने

Chaupati
safha napa

काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।

ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ लिनेछन् ।

सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।

सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् ।


१० चैत २०७८, बिहीवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु