बाजुरामा खुकुरी देखाएर तर्साउने युवक पक्राउ
बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्।
उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
भीम रावलमाथि सार्वजनिक स्थानमा अभद्र व्यवहार गरी नाङ्गो खुकुरी हातमा नचाएको भिडियो र नाङ्गो खुकुरी अस्भाविक तरिकाले बोकेको फोटो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको आरोप लागेको छ। रावलमाथि अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दामा म्याद थप भइ अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
९ चैत २०७८, बुधवार १२:४२ बजे प्रकाशित































