punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चैत २५ मा राप्रपाले खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ।पार्टीको बागमती प्रदेश समितिको आयोजनामा खुलामञ्चमा आमसभा गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको उनले बताए।

कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समितिसमेत गठन भइसकेको उनले बताए। आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन उपसमितिहरू पनि गठन गरिएको उनले बताए।

उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो। बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ।

राप्रपा महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष चुनिएपछि उनी देशका विभिन्न ठाउँका सभाहरूमा पुगिरहेका छन्।


७ चैत २०७८, सोमवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु