punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् ।

‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए । ‘जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं’, प्रचण्डले शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुदै पार्टी विभाजनको श्रृखंला शुरु भएको बताए ।

‘त्यसपछि पार्टी विभाजन एउटा, दुईवटा, तीनवटा, कति हो कति रु अहिले फेरी एकता कति हो कति ?’, प्रचण्डले भने, ‘अहिले फेरि एकताका लागि १४,१५ समुह लाइनमा छन ।’ उनले प्रतिगमनविरोधि आन्दोलनमा आफु माइतीघर मण्डलामा पलेँटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको स्मरण गर्दै आफुले पलेँटी केसकै कारण विशाल आन्दोलन बन्न पुगेर प्रतिगमन परास्त हुन पुगेको बताए ।

‘एउटा टेलर गत पुसपछि देखियो, यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने रु क्रान्तिकारी बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला भनेर हामी पार्टी निर्माणतिर लागेका हौं’, प्रचण्डको भनाइ छ ।


६ चैत २०७८, आइतवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु