punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोनलाई

Chaupati
safha napa

मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले एक लाख एक हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको लिटल फ्लावरले ५१ हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । १ सय ३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ९ रन मात्रै बनाउन सक्यो ।

उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए । बलिङ तर्फ स्टेपिङका आर्यन दानपालीले ३.२ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए । अभिषेक खड्काले २ र भुपेश जोशीले १ विकेट लिए ।

त्यस अघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा ४ चौकार र ४ छक्काको मद्दतले ६१ रनको अर्धशतकीए पारी खेले । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान १र१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच स्टेपिङका आर्यन दानपाली चुनिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले नगद १० हजार सहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए ।

उनीहरूले नगद ५/५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, वडा नम्बर ८ का अध्यक्ष नारायण बराललगायतले पुरस्कार वितरण गरेका हुन् ।


४ चैत २०७८, शुक्रवार १९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु