पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु
पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेटको मंगलबार मृत्यु भएको छ । ५७ वर्षीय बेनेटको निधन भएको अमेरिकाको युनिभर्सिटी अफ मेरिलयान्ड मेडिकल सेन्टरले जनाएको छ । उनमा गत जनवरी ७ मा सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएको थियो । मानव स्वास्थ्यमै ठूलो उपलब्धिका रुपमा यो प्रत्यारोपणलाई लिइएको छ।
बेनेट सुँगुरको मुटु लिएर दुई महिना बाँचे । मुटुसम्बन्धी रोगबाट सिकिस्त बिरामी उनी मुटु प्रत्यारोपणअघि बोल्न पनि सक्दैनथिए । तर, सुँगुरको मुटु राखेपछि उनी आफ्नो परिवारसँग बोलचाल गर्न सक्षम भएका थिए ।
२५ फागुन २०७८, बुधवार २२:४८ बजे प्रकाशित






























