punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

Chaupati
safha napa

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अपरान्हपछि पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका हुन् । महाशाखाका अनुसार यी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

 


२६ फागुन २०७८, बिहीवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु