punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोनम यसअघि कहीँकतै सम्मानित भइनन्

Chaupati
safha napa

११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाई रहदाँ सोनमलाई पनि कार्यक्रममा बोलाइएको थियो । सोनमलाई मंगलबार एक संस्थाले सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोलाएको थियो । उनलाई नारी दिवसको अवसर पारी नगद १० हजार, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।  कैलालीको घोडाघोडी नगरपालिका –१२ घर भइ हाल धनगढी उपमहानगरपालिका –१ मा डेरा गरी बस्दै आएकी सोनम अटो रिक्सा चालक हुन् । सोनम यसअघि कहीँकतै सम्मानित भएकी थिइनन् । उनले विगत तीन वर्षदेखि विद्युतीय अटोरिक्सा चलाउँदै आएकी छन् । यसअघि ज्याला मजदुरी काम गर्ने उनी अहिले अटो रिक्सा चलाउदै आएकी हुन् ।

Open photo
सार्वजनिक कार्यक्रममा सम्मानित हुँदा सोनमले आफ्ना आँखाबाट आँशु रोक्न सकिनन् । चुपचाप धनगढीमा अटोरिक्सा चलाइरहेकी उनले कसैले यसरी सम्मान गर्ला भन्ने अनुमान समेत गर्न सकेकी थिइनन् । घरको दुःख, श्रीमान्को रोग र सन्तानको भविष्यको सन्ताप उनको आँखाबाट बरर्र खसिररह्यो । सोनमले ति आँशु खुशी हुन या दुःख का पत्तो पाउन सकिरहेकी थिइनन् ।
उनले आफ्ना श्रीमान बिरामी भएपछि अटोरिक्सा चलाउन थालेको बताएकी छन् । ‘पहिले ज्याला मजदुरी काम गर्थे, अहिले अटो चलाउँछु,’ ज्याला मजदुरी गर्न गाह्रो भएपछि अटो चलाउन थालेकोे उनको भनाई छ । उमेरले २८ वर्ष मात्रै पुगेकी सोनमले दुःख भने धेरै भोगेकी छन् । श्रीमान्लाई मृगौला सम्बन्धी बिरामी भएपछि उनलाई उपचार गर्न निकै अप्ठेरो भएको थियो ।

No description available.
गाउँमा जग्गा जमीन पनि धेरै नभएपछि खान लाउन समेत समस्या भएपछि उनी धनगढी श्रीमान् सँगै काम गर्न पुगेकी थिइन् । तर उनलाई श्रीमान् नै बिरामी भएपछि एक्लै कमाएर घर खर्च चलाउन निकै असहज भयो । उनले जसोतसो श्रीमान्को उपचार गराउन थालिन् । उनले मासिक रुपमा किस्ता बुझाउने गरी ऋण झिकेर पुरानो अटोरिक्सा किनेकी हुन् । अटो चलाएर कमाएको पैसाले उनलाई एकातिर किस्ता तिर्नुपर्छ भने अर्को तर्फ घरखर्च तथा श्रीमान्को उपचार गर्नुपर्ने बाध्यता छ । उनले अटो चलाएरै छोरालाई पढाउँदै छिन् ।

No description available.
बिगत एक वर्षदेखि सेती प्रादेशिक अस्पतालमा उनका श्रीमानको डाइलासिस हुँदै आएपछि भने केही सहज भएको उनले बताइन् । तर पनि पुरानो अटोबाट धेरै कमाई हुन नसकेपछि घर खर्च र किस्ताका लागि कहिलेकाँही समस्या हुने गरेको उनले सुनाइन् । अटो पुरानो भइसकेकाले खासै यात्रुहरु बस्न नरुचाउने उनी बताउँछिन । ‘नयाँ अटो किन्न सकिदैन पुरानो अटोमा धेरै यात्रु बस्न रुचाउदैनन्,’ उनले भनिन् ‘कमाएको पैसा घर खर्चमै सकिन्छ । नयाँ किन्न लाई पैसा छैन् ।’ बिगत तीन बर्षदेखि बिरामी भएका उनका श्रीमान्को पछिल्लो एक वर्षदेखि स्वास्थ्य अवस्था अझै बिग्रिएको छ ।

उमेरले ३० मात्रै पुगेका उनका श्रीमान्को यो अवस्था भएपछि उनी निकै दुःखी भएकी छन् । राम्रो उपचार गराउनलाई बाहिर लान पनि उनीसँग पैसा छैन् । अहिलेसम्म कसैबाट सहयोग नपाएकी उनले कतैबाट सहयोग पाए श्रीमानको राम्रो उपचार हुन सक्ने अपेक्षा गरेकी छन् ।


२५ फागुन २०७८, बुधवार २२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु