punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकाको युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार

Chaupati
safha napa

काठमाडौँ । अमेरिकाले अघि सारेको १५ बुँदे युद्धविराम प्रस्तावलाई इरानले अस्वीकार गरेको छ । इरानको सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार, तेहरानले अमेरिकाको प्रस्तावलाई अस्वीकार गर्दै युद्ध अन्त्यका लागि आफ्ना ५ वटा सर्तहरू अघि सारेको छ । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ, ‘इरानले युद्ध आफ्नै सर्तहरूमा मात्र अन्त्य गर्नेछ ।’ इरानी अधिकारीहरूले आफूहरू केवल अस्थायी युद्धविराम मात्र नभई युद्धको पूर्ण अन्त्य चाहेको स्पष्ट पारेका छन् ।

इरानले राखेका ५ सर्तहरू यस प्रकार छन् :

आक्रमण र हत्याको अन्त्यस् शत्रु पक्षबाट भइरहेका आक्रमण र लक्षित हत्याहरू पूर्ण रूपमा रोकिनुपर्ने ।
युद्ध नथोपिने ग्यारेन्टीस् भविष्यमा इरानमाथि पुनः युद्ध नथोपिने गरी ठोस समाधान खोजिनुपर्ने ।
युद्धको क्षतिपूर्तिः युद्धबाट भएको भौतिक तथा मानवीय क्षतिको मुआब्जा ग्यारेन्टी गरिनुपर्ने र त्यसको भुक्तानी हुनुपर्ने ।
क्षेत्रीय युद्धको अन्त्यस् सबै मोर्चाहरूमा र यस क्षेत्रमा संलग्न रहेका सबै समूहहरूका लागि युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने ।
स्ट्रेट अफ हर्मुजमा अधिकारः रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुजमा इरानको अधिकार रहने कुराको अन्तर्राष्ट्रिय मान्यता र ग्यारेन्टी मिल्नुपर्ने ।

मुम्बईस्थित इरानी वाणिज्य दूतावासले पनि सामाजिक सञ्जाल एक्स मार्फत यी सर्तहरूबारे जानकारी दिएको छ ।

यसअघि अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले अमेरिकाले युद्धविरामका लागि इरानलाई १५ बुँदे योजना सुम्पिएको दाबी गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

इरानी विदेशमन्त्री अब्बास अरागचीले यसअघि नै इरानले युद्ध सुरु नगरेको बताउँदै आएका छन् । प्रेस टिभीका अनुसार वासिङ्टनले विभिन्न कूटनीतिक माध्यमबाट कुराकानीको प्रयास गरिरहेको भए पनि तेहरानले ती प्रस्तावहरूलाई स्वीकारयोग्य ठानेको छैन ।


११ चैत २०८२, बुधवार २२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु