काँग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी
नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन्।
भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो।
१९ फागुन २०७८, बिहीवार १८:१० बजे प्रकाशित































