पूर्वीचौकी गाउँपालिकामा दोस्रो खुल्ला अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ काडाँमाण्डौंमा सुदूरपश्चिम प्रदेश अन्त्रगतको पालिका स्तरीय दोस्रो खुल्ला अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
पूर्वीचौकी गाउँपालिका युवा क्लबले यही फागुन २८ देखि ३० गते तीन दिन सम्म दोस्रो पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिता प्रथम हुने टिमले एक लाख १५ हजार ट्रफि र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ६० हजार प्राप्त गर्नेछ ।यस्तै तृतीय हुने टिमले नगद ३० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीलाई ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी टिममा १२ सम्म भएमा खेल लिग कम नक आउट चरणमा खेलाइने छ भने १२ भन्दा बढी सहभागी भएमा खेल नक आउट चरणमा खेलाइने पूर्वीचौकी गाउँपालिका युवा क्लबका अध्यक्ष अविनाश कठायतले बताए ।

१९ फागुन २०७८, बिहीवार १७:३६ बजे प्रकाशित






























