संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
संघीय संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । ‘प्रेसर कुकर बम’ भनिएको सो शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।
संसद भवनअगाडिको सडकमा अज्ञात समूहले आज बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेको थियो । सुरक्षाकर्मीले सो स्थानलाई नियन्त्रणमा लिएर करिब एक घण्टापछि शंकास्पद वस्तु निक्रिय पारेको हो ।
शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रमा त्रास उत्पन्न भएको थियो ।
१६ फागुन २०७८, सोमवार १३:५६ बजे प्रकाशित












