सोमबार सुनको मूल्य १६ सय रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला १६ सय महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ९६ हजार ६ सयमा सुनको कारोबार भएकोमा सोमबार ९८ हजार २ सय पुगेको हो ।

यसअघि बिहीबार ९९ हजारमा कारोबार भएको सुन शुक्रबार ९८ हजारमा झरेको थियो ।चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला १२९५ मा कारोबार भएको चाँदी सोमबार १३४० कायम भएको हो । रसिया र युक्रेनको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।


१६ फागुन २०७८, सोमवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु