काँग्रेस कैलालीको जिल्ला अधिवेशन: १२ जना निर्विरोध चयन

नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औँ अधिवेशनबाट आइतबार १२ जना निर्विरोध चयन भएका छन् । चार जना थारु महिला सदस्य, भूगोल महिला सदस्य, एक जोशीपुर भूगोल र एक महाधिवेशन प्रतिनिधि निर्विरोध भएको निर्वाचन अधिकृत टेकप्रसाद सुबेदीले जानकारी दिएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा थारु महिला सदस्य कल्पनादेवी चौधरी, निर्मलाकुमारी चौधरी, फुलदेवी बडायक र शारदा चौधरी रहेका छन् । सदस्य भूगोल (कैलारी गाँउपालिका) अनिता चौधरी, भूगोल महिला सदस्य (धनगढी) कल्याणी सिंह हमाल र सुशीला भट्ट रहेका छन् ।

त्यसै गरी भजनी (भूगोल महिला) नन्दा शर्मा, लम्की चुहा भूगोल महिला राधिका जोशी, मोहन्याल (भूगोल महिला) झरना सिजालीमगर, जोशीपुर भूगोल धनबहादुर मल्ल र महाअधिवेशन प्रतिनिधि भिमबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सभापतिमा अहिलेसम्म तीन जनाको निर्वाचन हुने भएको छ । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो ।


१५ फागुन २०७८, आइतवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु