punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम : मेघगर्जन तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

Chaupati
safha napa

सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागहरूमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।


१५ फागुन २०७८, आइतवार ०७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु