कस्ताे रहला आज दिनभरकाे माैसम?
देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
१२ फागुन २०७८, बिहीवार ०८:०२ बजे प्रकाशित































