punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा दाइजो बोकेको जीप दुर्घटना हुँदा ३ जना घाइते

Chaupati
safha napa

कञ्चनपुरमा जीप दुर्घना हुँदा तीन जना घाइते भएका छन्। आइतबार राति जिल्लाको पुनर्वास नगरपालिका-११ मा बेलौरीबाट मसुरीयातर्फ जाँदै गरेको सुपप्र ०१००१ च २९२६ नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार विवाहको दाइजो बोकेको जीप आफै अनियन्त्रित भई पल्टिन गएको हो। दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका १ का ४० वर्षीय धनिराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी र ४६ वर्षीय भर्खरे चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।


२ फागुन २०७८, सोमवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु