punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभा सचिव धामीले राजीनामा दिए

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन् । उमेर लुकाएर जागीर खाएको पुष्टि भएपछि सचिव धामीले सभामुख अर्जुनबहादुर थापालाई राजीनामा बुझाएका हुन् ।

सभामुखलाई बुझाएको राजीनामा आइतबार स्वीकृत भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सचिव धामीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म राखेर नियुक्ति लिएका थिए ।

शैक्षिक प्रमाणपत्रमा २०१६/११/२९ रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख छ। प्रदेशसभा सचिव नियुक्त हुने कानून प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।


२ फागुन २०७८, सोमवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु