राप्रपा नेपालको अध्यक्षमा कमल थापा
कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका छन् । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
यसअघि राप्रपा नेपालकै अध्यक्ष रहेका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो ।राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताएका छन् ।
थापाले भनेका छन्, ‘देशको धरातलीय यथार्थ र साथीहरुको सुझावअनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ । केही समयको अलमलपछि घर फर्केका छौँ । यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका नेता लाक्पा तामाङलाई धन्यवाद ।’
१ फागुन २०७८, आइतवार १७:०९ बजे प्रकाशित































