देशभर थप ५२१ जनामा कोरोना संक्रमण देखिँदा १० जनाको मृत्यु
पछिल्लो २४ घन्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १ सय १५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो।
आरटी(पीसीआर परीक्षणबाट ४२७ र एन्टीजेन परिक्षणबाट ९४ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका मध्ये ५।१५ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो।
त्यसैगरी, पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३५ जना संक्रमण मुक्त हुँदा सक्रिय संकमितको संख्या २२ हजार ५ सय ८४ रहेको छ। साथै कोरोना संक्रमणकै बिच थप १० जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५६ हजार १२ जनाले खोप लगाएका छन्।
१ फागुन २०७८, आइतवार १६:५४ बजे प्रकाशित































