punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक ‘सेकेन्ड’ पनि कुर्सीमा बस्दिनँ : मन्त्री आले

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।

आज शुक्रवार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । सरकारको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए ।

विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेले दाबी गरे । पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए ।

मन्त्री आलेले भने – ‘नारायणहिटी दरबार सङ्ग्रहालयको कुरा भयो, धर्मशालाको कुरा भयो । यदि यी सम्पत्ति फिर्ता ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । सरकारी सम्पत्ति दोहन भएको छ, त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबैको हो ।

गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ रु खोइ त ध्यान गएको त्यहाँ रु त्यसका लागि सचिव महेश्वर न्यौपाने नै चाहिने रु प्रेम आले नै चाहिने मन्त्री रु विगतदेखि प्रणाली बिग्रेको अवस्था मैले देखेको छु । हामी जति दिन बस्छौँ, देशका लागि काम गर्छौँ ।’

नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए । आफूले राम्रो काम गरिरहे पनि केही सञ्चारमाध्यम भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे । उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए ।

मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । पर्यटन मन्त्रालयको पुँजीगत खर्च कम छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए ।


२८ माघ २०७८, शुक्रवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु