नेपालमा विदेशी लगानी भित्र्याउनुपर्छ : मन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दिर्घबहादुर सोडारीले बिदेशी लगानी नेपालमा भित्याउनु पर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन कार्यक्रममा बाल्दै उनले यस्तो बताएका हुन् । नेकपा समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री सोडारीले एमसिसिको बिषयमा आफ्नो पाटीसंग धारण नमिल्ने समेत बताएका छन् । आफु चाहीँ बिदेशी सहायता बढाउनु पर्छ भन्ने पक्षमा रहेकाले आफ्नो धारण पाटी संग नमिल्ने पत्रकार सम्मेलनमा बताएका हुन ।
यो भन्दा पहिला एमसिसि भन्दा ठुला बिदेशी लगानी नेपालमा भित्रिएका हुन भने एमसिसि पनी नेपालमा भित्रिनु पर्ने मन्त्री सोडारी बताएका छन् । समाजबादी एस पाटी एमसिसिको बिरुद्धमा भएपनी आफु यसको बिरुद्धमा नरहेको समेत उनले बताए ।
शुक्रबार नेपाल पत्रकार महासंघ बाजुरा आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजवादी ठुलो दल भएकाले काँग्रेससंग कुनै सम्बन्ध नरहेको समेत प्रतिक्रिया दिएका छन् । मन्त्री सोडारीले केपी ओलीले गरेको निरंकुशवाद र अराजकताका विरुद्धका ९ वटै जिल्लामा संगठनका गतिविधी बढाउने गरी पार्टी लागेको पत्रकार सम्मेलनमा भने ।
२८ माघ २०७८, शुक्रवार १९:१३ बजे प्रकाशित































