punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुवै डोज लगाएका सबैलाई फागुन १ देखि बुस्टर डोज

Chaupati
safha napa

फागुन १ गतेदेखि सरकारले सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ ।

कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिए ।

बुस्टरको रूपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उनले बताए । आफूले कार्यभार सम्हालेपछि भएका काम र भावी योजनाका बारेमा जानकारी दिर्दै मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिए । त्यस्तै उनले खोप लगाएको क्यूआरकोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरू गरिएको बताए ।

 


२८ माघ २०७८, शुक्रवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु