punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिशुको हत्या गर्न दबाव दिने आरोपितलाई जन्मकैद

Chaupati
safha napa

हाडनाताभित्रको भाउजु नाता पर्नेसँगको करणीबाट जन्मिएको शिशुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ ।

अवैध यौनसम्बन्धबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायलले जानकारी दिएको छ । यसअघि प्रतिवादी राजकुमारलाई बाजुरा जिल्ला अदालतले निर्दोष रहेको भनी सफाइ दिएको थियो ।

प्रतिवादी राजकुमारले काकाको बुहारी, भाउजु रिंकुलाई (परिवर्तित नाम) करणी गरी गर्भ रहेको थियो । २०६९ साल जेठ २७ गते रिंकुले संन्तान जन्माएकी थिइन् । राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएका थिए ।

कुनै समस्य आए आफू जवाफदेही हुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि रिंकुले जन्मेको ३४ दिनमा कैरोलोको जरा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् ।

मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधिश टेकनारायण कुँवर र न्यायाधिश जगतवहादुर थापाको संयुक्त ईजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

रिंकुलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ । मुद्दामा विषादी जडिबुटी ल्याई बालकलाई खुवाउन रिंकुलाई सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ ।

भर्खरै जन्मेको शिशु हत्यामा गर्भ बोकाउने व्यक्तिलाई जन्मकैद हुने सजाय भएको यो सम्भवतः नौलो फैसला हो । शिशु हत्याका अधिकांश मुद्दाहरूमा बालक जन्माउने आमालाई मात्र दोषी ठहर गर्ने गरेकोमा उच्च अदालतले गर्भ बोकाउने व्यक्तिलाई मुख्य कसूरदार ठहराएको हो ।

लैङ्गिक न्यायको दृष्टिकोणबाट यस्तो अपराधमा जन्माउने आमाभन्दा शिशु मार्न बचन दिने बाबुको आपराधिक कार्यमा बढी जिम्मेवारी हुने अदालतको बुझाइ छ ।


१८ माघ २०७८, मंगलवार १९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु