punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मरिससमाथि नेपालको जित

Chaupati
safha napa

नेपालले मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित हात पारेको छ । दोस्रो हाफमा तनाबपूर्ण भनेको खेलमा नेपाललाई जिताउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक भयो । उनले खेलको दशौँ मिनेटमै गोल गरेका थिए ।

मरिससका खेलाडीले नेपालका अञ्जन विष्टमाथि ट्याकल गरेपछि खेल विवादित बनेको थियो । विवादका क्रममा नेपालका टिम ब्यवस्थापक मधुसदन उपाध्याय र गोलकिपिङ प्रशिक्षक विकाश मल्ल मैदानमा प्रवेश गरेका थिए ।

रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लर तथा प्रशिक्षक मल्ललाई रातो कार्ड देखाएका थिए । त्यसपछि शुरु भएको खेलमा मोरिससका इमानुएल फुलचन्दले पनि रातो कार्ड पाएपछि मोरिसस ९ खेलाडीमा सिमित हुन पुग्यो ।

नेपालले गोल गरेको ३ मिनेटपछि मोरिससले पाएको पेनाल्टीलाई नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाएका थिए ।

नेपालका तेज तामाङ, र मनिष डाँगीले पाएको मौका सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा मनिसले दुईवटा सुन्दर मौका गुमाएका थिए । विमल घर्तिमगरले पनि एक मौका गुमाए ।

नेपालले पहिलो खेलमा पनि १–० कै जित हात पारेको थियो । नेपाल र मरिससले पहिलोपटक मैत्रिपूर्ण फुटबल खेलेका हुन् । तर दोस्रो खेलमा भएको तनाबले भने खेल खल्लो बनाएको थियो ।


१८ माघ २०७८, मंगलवार २०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु