“कालो दिन”
यो दिन सिङ्गो देश र जनताका लागि अत्यन्तै अविस्मरणीय रहेको छ । हाम्रो देशको उन्मुक्तिका लागि महान योद्धाहरुले हाँसी–हाँसी प्राण त्याग गरेको दिन उनै महान पुरुषहरुको त्याग र बलिदानका कारण हामी स्वतन्त्र भएर बाँच्न पाएका छौ । उनै सम्र्पुण ज्ञात,अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । विशेषगरि माघ १६ मेरा लागि पनि अविस्मरणीय दिनका रुपमा रहेको छ ।
आजकै दिन मेरा पुँजनिय पिताले संसार छोडेका दिन । ‘बा’ हजुरले हाम्रा लागि गर्नुभएको दुःख र संर्घषको ब्याख्या गर्न त म सँग कुनै शब्द छैन । रोग,भोक,शोक गरिबिको वियोग मा परेर पनि हामीलाई कुनै कुराको अभाव हुन दिनु भएन ।आपmनोव्यत्तिगत खसि,इच्छा,चाहाना हाम्रा लागि दबाउनु भयो ।
हजुरले हामीलाई छोडेर गएको पनि बषैँ बितिसक्यो हजुरको सम्झना भने बारम्बार आईरहन्छ कुनै कमि आएको छैन तिनै हजुरको अनगन्ति याद हजुरका तस्वीर हेरेर चित्त बुझाउँछु ।
बाँकी हजुरप्रतिको श्रद्धा सम्मान यसरी प्रस्तुत गर्न खोजेको छु ।
. मुहार हसिलो थियो, दया धर्म वाला ।
कै लोक सवारी आयो छाडि लाला वाला ।।
. गाउँघर अनारो अरी स्वार्गे लोक गया ।
घर जहान छाडिबर, दैब प्यारा भया ।।
. तली गङ्गा सेति हेरु,माथी लेक तेल्या ।
बा तमले हाम्रा जिउँति दःख भोक होल्या ।।
. तिम्रै नाम तिम्रै काम जपि रौँला बाधा ।
के बैरीले घाँड हाल्यो ,तम्रा हिट्या बाटा ।।
. जिन्दगी दैव को खेल सिमलको भुवाँ ।
घरमुली टिपेर लान्या दैवले के पायो ।।
. घर जहान सुख दिने बालबच्चा पढाउने ।
काल बैरी पाछा लग्यो सपना उडाउँने ।।
. जग्गा दान स्कुल लाई रयो सदाई नाम ।
जपि रौँला पुजिँ रौँला तम बसेका धाम ।।
. धर्मलाई संस्कार मान्या काम अप्या धाम ।
जै बेला परानि गयो बोल्या राम नाम ।।
. फ्यान अरी भाविनिले कसो हाली होरो ।
बाल कालै दुःख को खानी भयाँ मुले छोरो ।।
. आशु पोखि छाति पिति श्रद्धाञ्जली दियाँ ।
कसरी दिन काटु अब मुटु छियाँ छियाँ ।।
बुवा आज हामी माभmँ हजुर भौतिक रुपमा नभएता पनि हजुर प्रति सदैव उच्च श्रद्धा र सम्मान राखिराख्ने छौ । हजुरको सिद्धान्त,
विचार,अधुरा रहेका काम, हजुरले सिकाउनुभएको असल संस्कारको भरपुर अनुसरण गर्ने छौँ । हजुर जहाँ भएपनि हजुरको आर्शिवाद पाँईरहु,हजुर को आत्मलाई शान्ति मिलोस, बैकुण्ठ बाँस होस बुवा,
मिठो सम्झना सहित
साष्टाङ्ग दण्डवत, पिता ।
१६ माघ २०७८, आइतवार १३:२१ बजे प्रकाशित































