चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूताबासले जनाएको छ ।

महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूताबासले जनाएको छ ।

यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।

 


८ माघ २०७८, शनिवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु