punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा आइसियू चलाउने जनशक्ति अभाव

Chaupati
safha napa

बझाङ जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति अभाव रहेको छ।सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटर सहितको आइसियू कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियू बेड ल्याइएको थियो।

गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो लहरका वेला जिल्लामा श्वासप्रश्वासका विरामीका निम्ति ल्याइए पनि दक्ष जनशक्तिको अभावमा ती बेड सञ्चालनमा ल्याउन नसकिएको हो।

कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका वेला बझाङमा झण्डै १ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने उपचार अभावमा २१ जनाले ज्यान गुमाएका थिए।

श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली रिफर गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोनै मृत्यु हुने गरेको थियो। जिल्लामा भेन्टिलेटरसहितको आइसियू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए।

जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काका अनुसार अहिले ती दुईवटा भेन्टिलेटर सहितका ८ वटा आइसियू बेड जडान कार्य सम्पन्न भएको छ। पुस महिनाको पहिलो साता मात्रै उक्त जडान कार्य गरिएको डा.खड्काले बताए।

जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुईजनालाई भेन्टिलेटर सहितको आइसियू बेड सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसियू बेड सञ्चालनका लागि डा. मिलन खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पताल बझाङका प्रमुख अनवेश कोइरालाले जानकारी दिए।


८ माघ २०७८, शनिवार १८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु