punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जाडाेमा हिटर ताप्दा अपनाउनुपर्ने आठ सावधानी

Chaupati
safha napa

जाडो याममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिन्छ । तर यी उपाय अबलम्बन गर्दा पर्याप्त सावधानी नअपनाएकै कारण ज्यान जानेसम्मका अप्रिय घटनाहरू हुने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा निम्नलिखित सावधानीहरू अपनाउन आग्रह गरेको छ ।

१– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्ने गरौँ

२– कोइलाजन्य श्रोतबाट सकेसम्म आगो नतापौँ

३– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ

४– आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ

५– हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ

६– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौँ

७– गिजरको मूख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ

८– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ


३ माघ २०७८, सोमवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु