भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे
भारतमा बितेको २४ घण्टामा २ लाख ५८ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या अघिल्लो दिनको तुलनामा १३ हजार ११३ ले कम हो ।
अघिल्लो दिन २ लाख ७१ हजार २ सय २ संक्रमित थपिएका थिए ।
बितेको २४ घण्टाको अवधिमा ३८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यहि अवधिमा १ लाख ५१ हजार भन्दा धेरै संक्रमणमुक्त भएका मन्त्रालयले सोमबार जानकारी दिएको छ । अघिल्लो दिन भारतमा ३१४ जना कोरोना संक्रमितको ज्यान गुमेको थियो ।
अहिले भारतमा १६ लाख ५६ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ रहेको छ ।
३ माघ २०७८, सोमवार १०:१२ बजे प्रकाशित






























