गजल

कोक पिउँदा मान्छे रक्सी भन्ने गर्छन्
गरिब देख्दा मान्छे बोक्सी भन्ने गर्छन्

व्यापारी पनि आजका चलाख भयछन्
सुँगुर लाई सेकुवा बनाई खसी भन्ने गर्छन्

शहरीया लाई के थाहा सेउडा को भात
थावाचिनि लाई नि बजार मार्सि भन्ने गर्छन्

जब दिपक ले दुई गजल रक्काय देखि
शहरिया नानी पनि तर्सी भन्ने गर्छन्

कसै लाई केही सहयोग मागे पछि
आज छैन रोक पर्सि भन्ने गर्छन्

दिपक संगम विश्वकर्मा (डोटेली कान्छो)
टीकापुर ,कैलाली नेपाल


११ पुस २०७८, आइतवार १३:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु