punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट भन्सार छली ल्याइएको सामान ट्रकसहित नियन्त्रणमा

Chaupati
safha napa

बिल बिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नम्बरको ट्रकलाई मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ट्रकसँगै चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।करिब पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।


२४ मंसिर २०७८, शुक्रवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु