punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैँ : प्रधानमन्त्री देउवा

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमहामन्त्री डा. प्रकाश शरण महतको पुस्तक काठमाण्डौमा विमोचन गर्दै उनले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताए ।

प्रतिस्पर्धाबाट हुने जित, हारलाई सजिलै स्वीकार्नु पर्ने उनको भनाइ छ । उनले भने – ‘हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ’ ।

यस्तै, प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफल बनाउन सबै जुट्नु पर्ने भन्दै महाधिवेशन सकेर कांग्रेसलाई बलियो बनाएर आमचुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने पनि दाबी गरे ।उनले महाधिवेशनलाई सामान्य रूपमा लिन पनि आग्रह गरे ।


२३ मंसिर २०७८, बिहीवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु