punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारी कार्यालय : भ्रष्टाचार हुने प्रमुख क्षेत्र

Chaupati
safha napa

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचार बहिस्कार गर्न तपाईँको अधिकार, तपाईँको भूमिका’ नाराका साथ दिवस मनाउन लागिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । पछिल्लो समय नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढिरहेको ग्लोबल करप्सन ब्यारोमिटर एसियाको सन् २०२० को प्रतिवेदनमा उल्लेख छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेको समेत पाइएको छ ।

भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिबद्धता र शून्य सहनशीलता बोल्ने नारामा मात्र सीमित रहेकाले भ्रष्टाचार कम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । तर सूचना प्रविधिको अधिकतम उपयोग गर्दै अनलाइन सेवालाई थप सुदृढ बनाउँदै लगेकाले भ्रष्टाचार कम हुँदै गएको सरकारको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै विकास आयोजनासहित हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।


२३ मंसिर २०७८, बिहीवार ०९:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु