अछामका प्रमुख जिल्ला अधिकारीको सरुवा
अछामका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्री बालकृष्ण खाणले बुधवार उप–सचिव विश्वराज मरासेनीलाई अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेका हुन् ।
अछाम कार्यरत रुद्र बहादुर मल्ललाई सरुवा गरेर मरासेनीलाई पठाउने निर्णय गरिएको गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीले बताए ।
मरासेनी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।
२३ मंसिर २०७८, बिहीवार ०९:१२ बजे प्रकाशित































