विभिन्न ६ दलले एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गर्ने
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध काठमाडौंमा विभिन्न ६ वटा कम्युनिस्ट पार्टीले चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव समूह), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपाले एमसीसीविरुद्ध आन्दोलन गर्न लागेका हुन् ।
एमसीसी सम्झौता हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गत आएकाले सो राष्ट्रघाती भएकाले यो नेपालमा ल्याउनै नहुने माग आफूहरूको रहेको वैज्ञानिक समाजवादीका नेता राजकुमार हिङमाङले बताए ।
एमसीसी सम्झौता नगर्न दबाब दिन उद्देश्यले कम्युनिस्ट गठबन्धनले चरणबद्ध कार्यत्रलम गर्ने उनले जानकारी दिए । जसअनुसार यही मंसिर २७ र २८ गते प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
सम्झौता कार्यान्वयन हुन नदिन काठमाडौंमा रहेको एमसीसी कार्यालय र संसद् घेराउको कार्यक्रम गरिने बताइएको छ ।
२२ मंसिर २०७८, बुधवार १३:४४ बजे प्रकाशित































