punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सूचना विभागमा दर्ता गर्दैमा युटुबरलाई पत्रकार मानिँदैन : काउन्सिल अध्यक्ष बस्नेत

Chaupati
safha napa

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युटुब सूचना विभागमा दर्ता गरेकै भरमा त्यसमा काम गर्ने व्यक्तिलाई पत्रकार मान्न नसकिने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार आचारसंहिता र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले युटुबलाई व्यवस्थित गर्नुपर्ने बताए ।

सूचना विभागमा युटुब मिडिया दर्ता गरेर विधि प्रक्रियामा नजाने कुनैपनि युटुब सञ्चार माध्यमको परिभाषामा नपर्ने उनले बताए । अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको पालना नगरी मनलाग्दो गर्ने जोकोही पत्रकार नहुने बताए ।

‘यदि कोही दर्ता गरेर विधि प्रक्रियामा गई पत्रकार आचारसंहिता पालना गर्छ भने त्यसलाई स्वागत गरौं’ उनले भने, ‘अन्यथा मनपरी गरि हो-हल्ला गर्ने पत्रकार होइनन् । मनपरी गर्नेलाई कारवाही गर्छौं । केहीलाई कारवाहीको दायरामा पनि ल्याएका छौं ।’

यसअघि चार जना युटुबरलाई कारवाहीको दायारामा ल्याएपछि केही व्यक्तिहरू प्रक्रियामा गई व्यवस्थित रुपका काम गर्छु भन्दै सम्पर्कमा आइरहेको उनले बताए । मिडियाको अनुगमनलगायतका लागि प्रेस काउन्सिलका अध्यक्षसहितको टोली सुदूरपश्चिम पुगेको छ ।


२२ मंसिर २०७८, बुधवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु