सुनको मूल्य बढ्यो, तोलाको कति ?
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनकाे भाउ आज तोलामा ५ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सुन मंगलबार ९१ हजार ८ सय रुपैयाँ कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य समेत बढेको छ। चाँदी मंगलबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएकोमा आज १२ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
२२ मंसिर २०७८, बुधवार १२:०१ बजे प्रकाशित































