नेकपा (एकीकृत समाजवादी)द्वारा अछामका १० वटै पालिकाको प्रथम भेला सम्पन्न
नेकपा (एकीकृत समाजवादी)ले अछामका १० वटै पालिकामा प्रथम भेला सम्पन्न गरेको छ । अन्तिम दिन साँफेबगर नगरपालिकाको प्रथम भेला सम्पन्न भएसँगै समाजबादीले जिल्लाका १० वटै पालिकामा प्रथम भेला सम्पन्न गरेको हो ।
एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव एवम् साँफेबगर नगर कमिटी इन्चार्ज हिक्मत कुँवरको अध्यक्षतामा भएको साँफेबगर प्रथम भेलाका प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहेका थिए ।
प्रथम भेलालाई सम्बोधन गर्दै कुँवरले ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताए । उनले ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताए । प्रथम भेलामा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम् साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताए ।
केपी ओलीको निरंकुश, तानाशाही, व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने भीम रावलले आन्दोलनको बाटो छोडेर केपीको शरणमा गएको बताए । ओली सरकारमा रहँदा प्रतिपक्षको भूमिका निर्वाह गर्ने रावलले केपी ओलीको सरकार विस्थापित पछि ओलीलाई साथ दिएका कारण उनलाई साथ नदिएको कुँवरको भनाई छ ।
एमालेलाई साथ दिने अछाममा उपभोक्तावादी, लोभी, स्वार्थीहरु मात्रै रहेकाले एमाले अब अछाममा शुन्यको अवस्थामा पुग्ने बताए । भेलामा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री मिना साउँदले केपी शर्मा ओलीले हावादारी गफ गरेर सरकारको समय बिताएको आरोप लगाइन् ।
स्थिर सरकार हुँदा पनि सामान्य प्रयास समेत नगरेर एक्लै हिड्ने प्रयासले गर्दा संविधान र संघीयता कार्यान्वयमा ओलीले ध्यान नदिएको उहाँको भनाई छ । नेता भीम रावललाई लक्षित गर्दै उनले ओली सरकारको विरोध गर्न लगाउने अन्त्यमा आएर उनैलाई सहयो गरेका कारण रावललाई साथ नदिएको उनको भनाई रहेको छ ।
भेलामा बोल्दै समाजवादीका केन्द्रीय सदस्य एवम् अछाम सह–ईन्चार्ज शंकर भण्डारीले ओली प्रवृतिबाट निराश भएर समाजवादीमा प्रवेश गर्नेहरुको संख्या बढेको तर्क गरे । उनले अछाममा पनि नेकपा एमाले छोड्ने लहर नै चलेको बताए ।
भेलालाई एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य अमृता खड्का, जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर (शिलोज), शेरबहादुर साउद, जीतबहादुर नीशानी डम्बर नेपाली, खड्क विष्ट, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, विर्मलादेवि वुड्थापा, जिल्ला कमिटी सचिव नवराज साउद, उपसचिव नमराज न्यौपाने, केशरी रेग्मी, नयन सोडारी, समाजवादी प्रेस संगठका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुँवरलगायतले धारणा राखेका थिए ।
२१ मंसिर २०७८, मंगलवार १८:३९ बजे प्रकाशित































