punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साढे ३३ किलो सुन प्रकरणमा गोरेका सहयोगी काले धरौटीमा छुटे

Chaupati
safha napa

जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ ।आइतबार पक्राउ परेका अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो ।

न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

तस्करी गरेर ल्याएको साढे ३३ किलो हराएपछि यो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए । गोरेसहित ७७ जना विरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा काले पनि प्रतिवादी थिए ।

न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । जसमा पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।

तीमध्ये गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला भएको हो । प्रतिवादीमध्ये राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला अदालतबाट भएको थियो ।

काले भनिने कृष्णगोपाल गोरेले आयात गर्ने सुनको लगानीकर्ता मध्येका एक हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट नेपाल ल्याइएका उनलाई आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

२०७४ साल माघ ९ गते आयात भएको साढे ३३ किलो सुन काठमाडौंबाट गायब भएपछि गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो ।

 


२१ मंसिर २०७८, मंगलवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु