काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा बलायर विजयी (मत परिणामसहित)
नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार बलायर प्रतिस्पर्धी नारायणदत्त मिश्र भन्दा ४०८ मत बढी ल्याएर विजयी भएका हुन् ।
१००३ मत खसेकोमा बलायरले ६८८ मत र इतर पक्षका मिश्रले २८० मत मात्रै पाए । उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउने पनि फराकिलो मतान्तरले विजयी भएका छन् ।
मत परिणाम
खसेको मत १००३
सभापति
बिरबहादुर बलायर -६८८(बिजयी)
नारायण दत्त मिश्र -२८०
उप -सभापति
गोपाल सिंह गुरुङ -२८१
जनकराज चौधरी -६१०(बिजयी)
मन बहादुर रावल -२६३
लोकराज अवस्थी -५२३(बिजयी)
हिम बहादुर रावल-१२१
महामन्त्री
नरनारायण शाह मनु -६४८(बिजयी)
प्रताप गुर्धामी-१३३
मेघराज खड्का -६३५बिजयी)
राम बहादुर शाही -३०३
सह- महामन्त्री
गोपाल दत्त भट्ट-५२९(बिजयी)
चिन्तामणि भट्ट -५३३(बिजयी)
नरेन्द्र प्रसाद भट्ट-२१२
पदम राज पन्त -२५४
लक्ष्मण बहादुर शाही – १६४
हर्क बहादुर स्वार-६८
सह- महामन्त्री
अम्बिका कुमारी चलाउने-६८६(बिजयी)
खिना भण्डारी -२२३
१९ मंसिर २०७८, आइतवार १२:०० बजे प्रकाशित































