punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

Chaupati
safha napa

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ ।

यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको उनले बताए । तर, भोलि भने काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।

मौसमविद् नगरकोटीका अनुसार आज राति पश्चिमी क्षेत्रबाट पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सर्नेछ । प्रदेश-१ र २ बाहेक अन्य प्रदेशमा यसको प्रभाव भोलि देखिने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । ।आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।


१९ मंसिर २०७८, आइतवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु