punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेसको सुदूरपश्चिम अधिवेशन : ६०६ मतगणना हुँदा बलायरको अग्रता कायमै

Chaupati
safha napa

नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै अगाडि छ। बलायर प्यानलले सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै गएको छ।

६ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २४१ पुगेको छ। बलायरको ४१४ मत र इतर पक्षका मिश्रको १७३ मत रहेको छ।

उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

जम्मा खसेको मत : १००३
मतगणना :६०६
सभापति
वीरबहादुर बलायर -४१४
नारायणदत्त मिश्र -१७३
उपसभापति
गोपाल सिंह गुरुङ -१६९
जनकराज चौधरी -३७४
मानबहादुर रावल -१५८
लोकराज अवस्थी -३२७
हिमबहादुर रावल -७२
महामन्त्री
नरनारायण शाह मनु -३८१
प्रताप गुर्धामी-१२९
मेघराज खड्का -३९३
रामबहादुर शाही -१९८
सहमहामन्त्री
गोपालदत्त भट्ट-३३७
चिन्तामणि भट्ट -३२६
नरेन्द्रप्रसाद भट्ट-१३७
पदमराज पन्त -१४६
लक्ष्मणबहादुर शाही – ९८
हर्कबहादुर स्वार-५१
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-४१७
खिना भण्डारी -१३८

 

 


१९ मंसिर २०७८, आइतवार ०८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु