punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सिद्धान्तमा नभई ‘बामाले’बाट सञ्चालित छ : नेता कुँवर

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) अछामको तुर्माखाँदमा गाउँ संगठन कमिटीको प्रथम भेला सम्पन्न भएको छ।

समाजवादीका नेता लिला न्यौपानेको अध्यक्षतमा भएको भेलाका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहेका थिए ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कुँवरले एमाले शिद्धान्तमा आधारित नभई ‘बामाले’हरुको पार्टी भएको बताएका छन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै उनले एमाले पार्टी विचार, सिद्धान्त र कार्यक्रमबाट सञ्चालित नभएको बताए ।

उनले जसले केपी शर्मा ओलीलाई रिझाउन भिजाउन सक्यो उस्को मात्रै एमालेमा स्थान रहेको धारणा राखे । केपी शर्मा ओलीका गतल प्रवृतिकाविरुद्ध समाजवादी पार्टीले विद्रोह गरेका कारण एमालेसँग अब कुनैपनि हालतमा कार्यगत एकतादेखि पार्टी एकीकरणको सम्भावना नरहेको उनको भनाई छ ।

उनले परिवर्तनका पक्षधर कम्युनिष्ट पार्टीसंग भने वृहत एकीकरणको सम्भावना जिवितै रहेको बताए ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथिसमेत रहेको पार्टीका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला सह–ईन्चार्ज शंकर भण्डारीले समाजवादीको पक्षमा जनलहर बढ्दै गएको बताए । वडादेखि पालिकामा भइरहेको जनसहभागिताले समाजवादीको पक्षमा उत्साह बढ्दै गएको उनले बताए । उनले एमालेबाट विद्रोह गरेर आएका अधिकांस युवा नेता कार्यकर्ता समाजवादीको पक्षमा रहेको बताए ।

प्रथम भेलालाई पार्टी जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउँद, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, जिल्ला कमिटी सचिव नवराज साउँद, उपचिव नमराज न्यौपाने, डबल सिंह चलाउने, तुर्माखाँद गाउँपालिकाका ईन्चार्ज कुलबहादुर शाहीले सम्बोधन गरेका थिए ।

यस्तै, पन्चदेवल बिनायक नगरपालिका संगठन कमिटी ईन्चार्ज तिर्थराज ढकाल, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य विनोद धामी, युवा संघका केन्द्रीय सचिवालय सदस्य मोहन साउँदलगायतले पनि धारणा राखेका थिए।

समाजवादीका नेता हर्क बुढाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन झंकर बुढाले गरेका थिए ।


१८ मंसिर २०७८, शनिवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु