punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस सुदूरपश्चिम अधिवेशन : मतदान सकियो, राति ९ बजेदेखि गणना हुने

Chaupati
safha napa

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ । जम्मा १०२६ मतदातामध्ये १००३ मत खसेको काँग्रेसका प्रचारप्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए ।

उनका अब राति ९ बजेदेखि कैलाली काँग्रेसको पार्टी कार्यालयमा मत गणना हुनेछ। अधिवेशनमा ८ पदाधिकारीका लागि १९ जना र ५१ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी र ५१ प्रदेश सदस्यसहित ५९ सदस्यी कार्यसमिति चयन गर्ने छ । त्यसमध्ये तीन जना निर्विरोध चयन भइसकेका छन् । अब भने ५६ जना निर्वाचनतमार्फत निर्वाचित हुनेछन् ।

कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन्। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र उम्मेदवार छन् ।

यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट , गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।

यस्तै संस्थापन इतर पक्षको मिश्र प्यानलबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्धामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै सहमहामन्त्रीमा दुबै प्यानलमा नपरेका लक्ष्मण शाही, हर्क स्वाँर र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।


१८ मंसिर २०७८, शनिवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु