सुदूरपश्चिममा १३ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा थप १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा ४९१ नमुना परिक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
आरटी पिसिआर विधिबाट ९९ नमुना परिक्षण गर्दा ९ र एन्टिजेन विधिबाट ३९२ नमुना परिक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो ।
हाल सम्म सुदूपश्चिममा ४८ हजार २२ जनामा संक्रमण देखिएको छ भने ६०९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कमा उल्लेख छ ।
१३ मंसिर २०७८, सोमवार १९:३५ बजे प्रकाशित































