punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१० सचिवको सरुवा, कसको कहाँ ?

Chaupati
safha napa

सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तथा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सामान्य प्रशासनमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा मन्त्रालय लगिएको छ भने महेश्वर न्यौपाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पर्यटन मन्त्रालयमा पुगेका छन् ।

सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई अतिरिक्त(जगेडा) मा राख्दै ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको मन्त्रिपरिषद् कार्यालय स्रो तले जनाएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरूवा गरिएको छ ।

 


१३ मंसिर २०७८, सोमवार २०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु