punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अझै सुरु हुन सकेन एमालेको बन्दसत्र

Chaupati
safha napa

सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए ।

तर झण्डै ५ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु बन्द सत्र स्थलबाट बाहिर निस्किएका छन् । उनीहरुमा नेतृत्वमा कसरी सहमति होला भन्ने चासो छ ।

कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओली भने नेताहरुसँग छलफलमा छन् । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षीहरु ओली बसेको होटलमा पुगेर उनीलाई भेट्ने क्रम पनि चलिरहेको छ ।

बन्द सत्र स्थलमा भेटिएका सचिव योगेश भट्टराई सहमतिकै प्रयासमा समय लिइएको बताए । ‘महाधिवेशनको हलले नै सहमति गर्ने भनेपछि सबै साथीहरुलाई समेट्ने र विवेक पुर्‍याउने काम नेतृत्वको हो, ’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘नेतृत्वले आफ्नो परीक्षा ठिक ढंगले दिन्छ कि दिँदैन भन्ने प्रश्न छ । आजका जे चुनौती छ, त्यसमा एमालेलाई अब्बल साबित गर्न नेतृत्वले विवेकसम्मत ढंगले प्रतिनिधिको भावनाको अगुवाइ गर्नुपर्छ ।’

 


१२ मंसिर २०७८, आइतवार १५:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु